Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु लाइफको कर्मचारी खर्च बढेर १४ करोडमाथि पुग्याे, सीईओको तलव कति ?

अर्थ संसार

आइतबार, ०६ चैत्र २०७८, १५ : ५९ मा प्रकाशित

प्रभु लाइफको कर्मचारी खर्च बढेर १४ करोडमाथि पुग्याे, सीईओको तलव कति ?

प्रभु लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण प्रसाद पाैडेलले आर्थिक वर्ष २०७६/७७ मा तलव/भत्ता बापत ४४ लाख २४ हजार ५ सय ३७ रुपैयाँ बुझेका छन् ।

समिक्षा अवधिमा कम्पनीले सञ्चालकहरूलाई ४ लाख रूपैयाँ बराबरकाे बैठक भत्ता र अन्य भत्ता बापत ३ लाख ८४ हजार रूपैयाँ प्रदान गरेकाे छ । समितिकाे बैठक भत्ता बापत प्रति बैठक प्रति सदस्य सञ्चालकलाई ५ हजार रूपैयाँ प्रदान गरिने पनि कम्पनीले जनाएकाे छ । 

त्यसैगरी, आर्थिक वर्ष २०७६/७७ मा कम्पनीकाे कर्मचारी खर्च ९ कराेड ३८ लाख ५४ हजार ४ सय ६ रूपैयाँबाट बढेर १४ कराेड ९ लाख रूपैयाँमाथि पुगेकाे छ । 

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा होटल रेडिसन काठमाडौंमा आज (चैत्र ६ गते) सम्पन्न भएको छ । 

प्रभु लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

चौथो वार्षिक साधारण सभाले समूह “क” संस्थापक समूहका सेयरधनीका तर्फबाट सञ्चालक डा. बिमला दाहाल रेग्मी एवम् स्वतन्त्र सञ्चालक अनिल प्रसाद श्रेष्ठको नियुक्तिको अनुमोदन गरेको छ । साथै कम्पनीको नियमावली अनुसार समूह “ख” का सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद (दुई) को निर्वाचन बाट शंकर गौतम तथा दिपक पाण्डेय निर्विरोध निर्वाचित भएका छन् ।

साधारण सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. आत्माराम घिमिरेले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु समेत पारित गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको