Like us!
Follow us!
Connect us!
Watch us!

आशा लघुवित्तद्वारा बोनस सेयर वितरण

अर्थ संसार

बुधबार, ०३ जेठ २०८०, १३ : १५ मा प्रकाशित

आशा लघुवित्तद्वारा बोनस सेयर वितरण

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको १४ दशमलव २८ प्रतिशत बोनस सेयर वितरण गरेको छ । कम्पनीको गत चैत ११ गते सम्पन्न छैटौं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस सेयर धितोपत्र दोस्रो बजारमा सूचिकृत भएपछि सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो ।

यस वर्ष कम्पनीले साधारण सभाबाट नै बोनससँगै कर प्रयोजनार्थ शून्य दशमलव ७१ प्रतिशत नगद लाभांशसमेत वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । यसर्थ बोनस सेयरका लागि सम्बन्धित सेयरधनीहरूले कर तिर्नुपर्ने छैन ।

कम्पनीले लाभांश प्रयोजनका लागि फागुन २६ गते एकदिन बुक क्लोज गरेको थियो । यसका आधारमा फागुन २५ गतेसम्म कायम सेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् । 

फागुन २५ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको बोनस सेयर सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवापत्र प्राप्त भएपछि मात्रै हितग्राही खातामा जम्मा गरिने जानकारी कम्पनीले दिएको छ । कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको