Like us!
Follow us!
Connect us!
Watch us!

आशा लघुवित्तले डाक्यो विशेष साधारण सभा, मर्जर प्रस्ताव मुख्य एजेण्डा

अर्थ संसार

विहीबार, ३२ जेठ २०८०, १० : ४८ मा प्रकाशित

आशा लघुवित्तले डाक्यो विशेष साधारण सभा, मर्जर प्रस्ताव मुख्य एजेण्डा

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा डाकेको छ । संस्थाको जेठ ३१ गते बसेको सञ्चालक समितिको बैठकले सभा आउँदो असार १६ गते विहान ११ बजे काठमाडौँको ककनीस्थित फल एन्ड ट्राउट भिलेज होटेल एन्ड रेस्टुरेन्टमा गर्ने निर्णय गरेको हो ।

सभाले आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्त प्राप्ति गर्ने प्रक्रिया स्वीकृत गर्नेछ । सभाले दुवै लघुवित्तबीच प्राप्ति प्रक्रियालाई निर्धारण गरिएको १ः१ स्वाप रेसियो पारित गर्नेछ । प्राप्तिपछि दुवै संस्थाको प्रतिनिधित्व रहने गरी नयाँ सञ्चालक समिति गठनपश्चात साविक सञ्चालकहरुको बाँकी कार्यकाल स्वतः समाप्त भएको मानिनेसम्बन्धी विशेष प्रस्ताव अनुमोदन हुनेछ ।

प्राप्ति प्रक्रिया पूरा भएपछि बन्ने संस्थाको नाम ‘राष्ट्र आशा लघुवित्त वित्तीय संस्था लिमिटेड’ रहने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ । प्राप्तिपछि संस्थाको अधिकृत, जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ । विशेष साधारणसभा प्रयोजना संस्थाले असार ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असार ६ गतेसम्म कायम सेयरधनीहरुले मात्रै सभामा भाग लिन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको