Like us!
Follow us!
Connect us!
Watch us!

चर्को ब्याज दर खारेज गरि ५ प्रतिशतमा झानुपर्ने प्रधानमन्त्रीसमक्ष माओवादी नेताहरुको आग्रह

अर्थ संसार

बुधबार, ०३ जेठ २०८०, १३ : ४० मा प्रकाशित

चर्को ब्याज दर खारेज गरि ५ प्रतिशतमा झानुपर्ने प्रधानमन्त्रीसमक्ष माओवादी नेताहरुको आग्रह

नेकपा (माओवादी केन्द्र)का दुई जना नेताहरुले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्प कमल दाहाललाई नागरिकलाई आत्महत्या गर्न बाध्य पार्ने सहकारी, लघुवित्त, निजी तथा सरकारी बैंकले लिने गरेको चर्को ब्याज दर खारेजी गरि ५ प्रतिशत ब्याज दर कयम गरिनुपर्ने आग्रह गरेका छन् । संविधानसभा सदस्य तथा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य रामकुमार शर्मा र पूर्व सांसद इन्दू शर्माले अध्यक्ष प्रचण्डलाई भेटेर चर्को ब्याज दर खारेज गरि ५ प्रतिशतमा झार्नुपर्ने आग्रह गरेका हुन् ।

साथै उनीहरुले स्तानक तह उतिर्ण गरि पूर्ण रुपमा बेराजगार रहेका युवालाई मासिक १५ हजार रकम प्रदान गरिनुपर्नेमा समेत जोड दिएका छन् । उनीहरुले प्रधानमन्त्रीलाई विभिन्न विषयहरुमा समेत ध्यानाकर्षण गराएका छन् । उनीहरुले प्रधानमन्त्रीसमक्ष १८ बुँदे माग प्रस्तुत गरेका छन्। उनीहरुले बुझाएको ज्ञापन पत्रको ७ नम्बर बुँदामा चर्को ब्याज सम्बन्धी विषय उल्लेख गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको