Like us!
Follow us!
Connect us!
Watch us!

दुई नेपाली युवाले पत्ता लगाए क्षुद्रग्रह, मान्यताको लागि चयन

अर्थ संसार

बुधबार, ०३ जेठ २०८०, १४ : १९ मा प्रकाशित

दुई नेपाली युवाले पत्ता लगाए क्षुद्रग्रह, मान्यताको लागि चयन

दुई जना नेपाली युवाले  क्षुद्रग्रह पत्ता लगाएका छन् । अभिषेक साह र एस गाैतमले क्षुद्रग्रह 2022 FY10 पत्ता लगाएका हुन् ।

याे क्षुद्रग्रह मुख्य बेल्ट क्षुद्रग्रहको अस्थायी खोजको रूपमा मान्यताको लागि चयन गरिएको छ । इन्टरनेशनल एस्ट्रोनोमिकल सर्च काेल्याबाेरेसनले उनीहरूलाई प्रमाणपत्र समेत प्रदान गरेकाे छ ।

याे उपलब्धी विश्व र हाम्रो संयुक्त परिवारसँग साझा गर्न र नेपालमा खगोल विज्ञानको क्षेत्रमा रुची जगाउने उत्कृष्ट माध्यम हुने अभिषेक साहले विश्वास व्यक्त गरेका छन् । 

के हो क्षुद्र ग्रह ?

क्षुद्र ग्रह मङ्गल र वृहस्पति ग्रहका बीचमा रहेका स–साना चट्टानका टुक्रा हुन् ।  ती अन्य ग्रहसरह आ–आफ्नै कक्षमा सूर्यलाई परिक्रमा गरिरहेका हुन्छन् ।  क्षुद्र ग्रहको आकार गोलो, चेप्टो, बाङ्गो–टिङ्गो जस्तो पनि हुन्छ ।

इन्टरनेशनल एस्ट्रोनोमिकल सर्च काेल्याबाेरेसनले प्रदान गरेकाे प्रमाणपत्र :

No description available.

No description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको