Like us!
Follow us!
Connect us!
Watch us!

पूँजीबजारसँग सम्बन्धित ठूल–ठूला सेटिङलाई भत्काउने कार्य सुरु भइसक्यो– प्रधानमन्त्री प्रचण्ड

अर्थ संसार

विहीबार, ०४ जेठ २०८०, १४ : ५६ मा प्रकाशित

पूँजीबजारसँग सम्बन्धित ठूल–ठूला सेटिङलाई भत्काउने कार्य सुरु भइसक्यो– प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूँजीबजारसँग सम्बन्धित ठूल–ठूला सेटिङलाई भत्काउने कार्य सरकारले सुरु गरिसकेको स्पष्ट पारेका छन् । संसद्मा आज (बिहीबार) भएको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार र सेटिङका कुनै पनि घटनालाई नछोड्ने स्पष्ट पारेका हुन् । उनले सेयर बजारमा लागेको ठूला सेटिङकर्ताको बिषयमा समेत छानविन गर्ने तयारी भईरहेको जानकारी दिएका छन्।

‘नक्कली भुटानी शरणनार्थीको इस्यू मात्रै होइन । सरकारले अन्य विगतका तमामा विवादमा रहेका सबै घटनाको छानबिन, सम्पत्ति शुद्धीकरण ठूलाठूला घटनाको छानबिन गरी कारवाही गर्छौं,’ उनले भने, ‘राजस्वमा भएका ठूलठूला चलखेलको छानबिन गर्छौं । त्यसका लागि आवश्यक परेर ऐन संशोधन र निमार्ण गर्न जरुरी छ ।’

देश आर्थिक, राजनीतिक र सांस्कृति रुपले गम्भीर अप्ठेरो स्थितिबाट गुज्रिनुपरेको र त्यसको प्रमुख कारण संस्थागत भ्रष्टाचार नै भएको पनि उनले दाबी गरे । ‘चौतर्फी भ्रष्टाचारले देश निकै असहज ठाउँमा जान लागेकोले अहिले हामीले आफूलाई सच्याउने अवसर छ । भ्रष्टाचार विकृति र विसंगतिको विरुद्ध नयाँ अभियान थालौं।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको