Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्र डिलमा पुर्‍याउने प्रमुख कारण कांग्रेस–माओबादी गठबन्धन होः ओली

अर्थ संसार

आइतबार, ०७ जेठ २०८०, १२ : ४२ मा प्रकाशित

अर्थतन्त्र डिलमा पुर्‍याउने प्रमुख कारण कांग्रेस–माओबादी गठबन्धन होः ओली

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको निति तथा कार्यक्रम असफल दस्तावेज भएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभामा सरकारको निती तथा कार्यक्रमका विषयमा अध्यक्ष ओलीले अर्थतन्त्र संकटमा जाँदा पनि सरकार मौन भएको बताएका हुन्। 

ओलीले भने, ‘अर्थतन्त्र डिलमा पुर्‍याउने प्रमुख कारण कांग्रेस–माओबादी गठबन्धन हो। तथ्याकंहरुले त्यसो बोल्दैनन्। यो गठबन्धन जनतालाई सुःख दिन हो कि अर्थतन्त्र ओरालो लगाउन बनाएको हो ? ’

ओलीले प्रस्तुत निति तथा कार्यक्रममा फरक फरक विवरण पेश गरेको भन्दै अर्थतन्त्र प्यारालाइसीस अवस्थामा पुगेको बताए। 

ओलीले भने, ‘अन्तर्राष्ट्रिय समुदायसँगको बैठकमा प्रधानमन्त्री ज्यूले राजस्व संकलन कठिनाइ भएको भन्न मिल्छ। यो सरकारको निति तथा कार्यक्रम असफल दस्ताबेज हो। सरकार समस्या समाधानका लागि बनेको हो। समस्यालाई दोष लगाएर सरकार उम्किन मिल्दैन। ’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको