Like us!
Follow us!
Connect us!
Watch us!

समीट लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

अर्थ संसार

मंगलबार, ०९ जेठ २०८०, ११ : ३० मा प्रकाशित

समीट लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

समीट लघुवित्त वित्तीय संस्थाले आफ्नो १४ औँ वार्षिक साधारणसभा यही जेठ ३० गते गर्ने निर्णय गरेको छ । संस्थाको सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा काभ्रेको बनेपास्थित अरनिको पार्टी प्यालेसमा बिहान १०ः३० बजेबाट सुरु गर्ने निर्णय गरेको हो । 

कम्पनिले गत आर्थिक वर्षका लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ४९ करोड ४० लाख रुपैयाँको १३.५६२७५३ प्रतिशतले हुन आउने ६ करोड ७० लाख रुपैयाँबराबरको बोनस सेयर पारित गर्नेछ। बोनस सेयरको कर प्रयोजनका लागि छुट्याइएको ३५ लाख २६ हजार ३१५.७९ रुपैयाँ नगद लाभांश पनि सभाले अनुमोदन गर्नेछ। 

बोनस सेयर वितरणपछि संस्थाको जारी पुँजी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम संस्थाको प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। सभाले संस्थाको संस्थापक र सर्वसाधारणको सेयर पुँजीको अनुपात ७० प्रतिशत र ३० प्रतिशत कायम गर्न नेपाल राष्ट्र बैंकबाट समेत निर्देशन भएको हुँदा आर्थिक वर्ष २०७८/७९को बोनस सेयर वितरणपश्चात कायम हुने संस्थापक र सर्वसाधारणको सेयर पुँजीको अनुपात मिलान गर्दा नपुग भएको सर्वसाधारणतर्फको ८ लाख ५३ हजार ६६५ कित्ता साधारण सेयर प्रिमियममा सम्बन्धित निकायबाट स्वीकृति लिई थप सार्वजनिक निष्कासन ९एफपीओ०को माध्यमबाट सेयर जारी गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। 

सभाले समीट र नेसनल माइक्रोफाइनान्सबीच आपसमा मर्जरमा जाने सम्बन्धमा गरिएको समझदारीपत्र, सहमतिपत्र, संयुक्त मर्जर समिति गठन एवं सञ्चालक समितिले संयुक्त मर्जर समितिलाई आवश्यक कार्य गर्न दिएको अख्तियारी प्रत्यायोजन, संयुक्त मर्जर समितिबाट भएका निर्णयहरु र खर्चहरु अनुमोदन गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले यही जेठ १८ गतेदेखि वार्षिक साधारणसभा सम्पन्न नहुन्जेलसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ जेठ १७ गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको