गृह मन्त्रालयले भोलि (बिहिबार) काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । मन्त्रालयले आज (बुधबार) एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाकाे तीन जिल्लाहरूमा सार्वजनिक बिदा दिएको हो ।
सूचनामा भनिएकाे छ,’ रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा वि.सं.२०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
सार्वजनिक बिदासँगै बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बन्द हुने भएको छ। भोलि नेप्सेको सम्पूर्ण कारोबार बन्द हुने भएको हो। भोलि बन्द हुने नेप्से एकैपटक अब अर्को साता आइतबार देखि कारोबारका लागि खुल्ला हुनेछ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस