Like us!
Follow us!
Connect us!
Watch us!

जीबी राईसहित सहकारीका १८ जना सञ्चालकलाई पक्राउ गरी नेपाल ल्याउन संसदीय छानबिन समितिको निर्देशन

अर्थ संसार

सोमबार, १४ साउन २०८१, १५ : ०५ मा प्रकाशित

जीबी राईसहित सहकारीका १८ जना सञ्चालकलाई पक्राउ गरी नेपाल ल्याउन संसदीय छानबिन समितिको निर्देशन

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगेर विदेशतिर भागेकालाई नेपाल ल्याउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ । 

सोमबार सिंहदरबारमा गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुख लगाएतसंग छलफल गर्दै समितिले सहकारी ठगीमा संलग्न १८ जना देशबाहिर रहेको पाइएको भन्दै उनीहरूलाई नेपाल ल्याउन निर्देशन दिएको हो ।

देशबाहिर रहेका १८ जनाको नाम समितिले गृहमन्त्रीलाई उपलब्ध गराएको र उनीहरूलाई नेपाल ल्याउन निर्देशन दिइएको समिति सभापति सूर्य थापाले जानकारी दिए ।  

वैठकले सूर्यदर्शनका ज्ञानबहादुर बम्जन, थानबहादुर राई, भुपेन्द्र राई, सानोपाइलाका तस्विरन खातुन र अश्रफ अली, सहारा तथा सुप्रिमका सुवास केसीलाई पनि झिकाउन भनिएको छ । यस्तै सुमेरु सहकारीको रकम अपचलनमा संलग्न भएको आरोप लागेका भरत महर्जन, उनको श्रीमती माजमाया, छोरा सचिन र छोरी सरलालाई पनि तत्काल नेपाल ल्याउन भनिएको छ ।

शिवशिखरका तेजबहादुर बम्जन तामाङ, इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली र उनकी श्रीमती छेदा, व्यवस्थापक दिपक पौडेल, शिवशिखर सहकारीका लीलानाथ गौतम, कान्तिपुर सेभिङका प्रेमध्वज लामा र मेघाड्रिमका महाशंकर रेग्मीलाई पनि स्वदेश फर्काउन र छानबिन समितिको दायरामा ल्याउन गृहमन्त्रीलाई निर्देशन दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको