७ जना सहसचिवको सरुवा र पदस्थापन भएको छ ।
गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी रिक्त रहेका जिल्लामा सहसचिवको सरुवा गरेको हो ।
जस अनुसार बाँकेको सीडीओमा धर्मराज जोशी र खोटाङमा नरहरि घिमिरेको सरुवा भएको छ । त्यस्तै ओखलढुंगाको सीडीओमा विजयराज सुवेदीलाई पठाइएको छ ।
सरुवा भएका ७ जनामध्ये रामकृष्ण अधिकारी नुवाकोटबाट गृह मन्त्रालयमा ल्याइएका छन् भने शशीधर घिमिरेलाई नुवाकोट पठाइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस