Like us!
Follow us!
Connect us!
Watch us!

यातायात व्यवसायीलाई गृहको ११ बुँदे निर्देशन

अर्थ संसार

विहीबार, ३१ साउन २०८१, १३ : ५१ मा प्रकाशित

यातायात व्यवसायीलाई गृहको ११ बुँदे निर्देशन

गृह मन्त्रालयले सार्वजनिक यातायात सुरक्षित र भरपर्दो बनाउन यातायात व्यवसायी राष्ट्रिय महासंघलाई ११ बुँदे निर्देशन दिएको छ ।

मन्त्रालयले बुधबार पत्र लेख्दै यात्रुहरुलाई टिकट काटेरमात्र यात्रा गराउने, अनलाइन टिकट प्रणालीको विकास गर्ने तथा यात्रुको पहिचान खुल्ने कागजात लिएर मात्र यात्रा गराउने, सवारी साधनमा जीपीएस ट्याकिङ प्रणाली जडान गर्ने, सवारीमा सीसीटीभी र ट्रान्सपोण्डरको व्यवस्था गर्ने लगायतका ११ बुँदे निर्देशन दिएको हो ।

असार २८ गते नारायणगढ–मुग्लिङ सडक खण्डको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरोले दुईवटा बस बगाएको थियो । उक्त घटना अध्ययन गर्न गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदनको सुझाव कार्यान्वयन गर्न मन्त्रालयले निर्देशन दिएको हो ।

 

66bdb82bc2181.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको