Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्मेन्ट मेगा बैंकले संस्थापक सेयरधनी र ब्रोकर कम्पनीका लागि जारी गर्यो सूचना

अर्थ संसार

बुधबार, १० जेठ २०८०, १५ : ५९ मा प्रकाशित

नेपाल इन्भेष्मेन्ट मेगा बैंकले संस्थापक सेयरधनी र ब्रोकर कम्पनीका लागि जारी गर्यो सूचना

नेपाल इन्भेष्मेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयरधनीलगायत ब्रोकर कम्पनीका लागि आज बुधबार एक सूचना जारी गरेको छ ।

कम्पनीले साविकको नेपालल इन्भेष्टमेन्ट र मेगा बैंक एकआपसमा मर्जर भएपछि गत पुस २७ गतेदेखि नेपाल इन्भेष्मेन्ट मेगा बैंकको रुपमा एकीकृत कारोबार गरेको थियो ।

सोही सम्बन्धमा साविकको नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर सरल प्रक्रियाबाट अर्थात् नेप्सेमा कारोबार हुने सेयर अन्तर्गत ९फ्रीली ट्रेडेबल सेयर० र कारोबार गर्नका लागि संचालक समितिको निर्णय आवश्यक रहने ९फ्रीली नन–ट्रेडेबल शेयर० गरी दुई प्रकारको संस्थापक सेयर हुनाले मर्जरपश्चात् यकिन गरी मात्र कारोबार गर्न बैंकले आग्रश गरेको छ ।

दुई प्रकारको संस्थापक सेयर रहेको हुनाले मर्जरपश्चात् दोस्रो बजारमार्फ संस्थापक सेयर बिक्री गर्दा बैंकको सेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटलमा सम्पर्क गरेर मात्रै कारोबार गर्न संस्थापक सेयरधनी वा ब्रोकर कम्पनीलाई बैंकले सूचित गराएको छ ।

साथै, फ्रीली नन–ट्रेडेबल सेयरको रुपमा कसैले कारोबार गरेमा उक्त सेयर कारोबार रद्ध हुने र जरिवाना समेत लाग्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको