Like us!
Follow us!
Connect us!
Watch us!

छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयर बिक्री प्रबन्धकमा बीओके क्यापिटल

अर्थ संसार

विहीबार, ११ जेठ २०८०, १२ : ४९ मा प्रकाशित

छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयर बिक्री प्रबन्धकमा बीओके क्यापिटल

छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हाइड्रोपावरले हकप्रद सेयर बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केटलाई नियुक्त गरेको हो ।

हाइड्रोपावरको गत वैशाख २८ सम्पन्न नवौँ वार्षिक साधारण सभाबाट चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरिसकेको छ ।

कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँबराबरको हकप्रद जारी गर्ने तयारी गरेको छ। तसर्थ कम्पनीले १०० अंकित दरका कुल ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद जारी गर्नेछ ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको