Like us!
Follow us!
Connect us!
Watch us!

छ्याङ्दी हाइड्रोपावरको १०औं र ११औं वार्षिक साधारणसभा पुस ५ गते हुने,सेयरधनीलाई छैन लाभांश

अर्थ संसार

बुधबार, ०५ मंसिर २०८१, ११ : २३ मा प्रकाशित

छ्याङ्दी  हाइड्रोपावरको १०औं र ११औं वार्षिक साधारणसभा पुस ५ गते हुने,सेयरधनीलाई छैन लाभांश

छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले १०औं र ११औं वार्षिक साधारणसभा पुस ५ गते शुक्रबार एकैपटक गर्ने भएको छ। सभा कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ९ बजे शुरू हुनेछ।

कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन। यसर्थ, यो पटक पनि सेयरधनीको हात खाली हुनेछ ।

सभाले आर्थिक वर्ष (आव) २०७९/८० र २०८०/८१ को वार्षिक प्रतवेदन सहित वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै सामाजिक उत्तरदायित्व बहन गर्दा सीमाभन्दा बढी भएको खर्चलाई अनुमोदन गर्नेछ। साथै गत आवको लेखापरीक्षक तथा निजको पारिश्रमिक अनुमोदन गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुनेछ। त्यसैगरी सञ्चालकको सेवा सुविधाबारे पनि छलफल गर्नुका साथै प्रबन्धपत्र र नियमावलीमा आवश्य संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर २७ गते एक दिन बुक क्लोज गर्ने भएको छ। यसको आधारमा मंसिर २६ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन योग्य हुनेछन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको