Like us!
Follow us!
Connect us!
Watch us!

'बजेटमा पूँजी बजारलाई राम्ररी समेटिएन, दोहोरियो १७ वर्षअघिकै कुरा'

निशा हुमाँगाई

मंगलबार, १६ जेठ २०८०, १४ : ०७ मा प्रकाशित

'बजेटमा पूँजी बजारलाई राम्ररी समेटिएन, दोहोरियो १७ वर्षअघिकै कुरा'

जुन रूपबाट अपेक्षा गरिएको थियो त्यो अनुसार बजेट नआएको पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल बताउँछन् । अर्थ संसारका लागि अर्थ संसारकर्मी निशा हुमागाईँसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

एउटै दलले बनाएको र गठबन्धनको सरकारले बनाएको बजेटमा फरक पर्ने उनले बताए । अहिलेको बजेटमा कुन समस्या छन् भन्ने राम्ररी निर्क्यौल गरिएको भएतापनि त्यसलाई समाधान गर्नको लागि जुन रूपमा श्रोत र साधन लिइएको छ त्यो रूपमा नहुने उनी बताउँछन् । यद्यपी कार्यान्वयन कसरी हुन्छ हेर्न बाँकी हुने उनले बताए । तत्कालै राजश्व १० खर्ब भन्दा बढी उठ्ने स्थिती नहुने उनले बताए । 

पहिलोचोटी अघिल्लो वर्षभन्दा बजेटको आकार घटाएर चाहीँ यसपाली केही क्रम भङ्ग भएको उनले बताए । पहिला सधैँ हरेक अर्थमन्त्रीले राजश्व धेरै उठाउने बजेट ठूलो बनाउने गर्थे यसपाली त्यस्तो नभएर पहिलोचोटी राजश्व र बजेटको आकार सानो बनाइएको उनले बताए । तर आयोजनाहरू भने नयाँ नथपिएको उनले बताए । यद्यपी सानो सानो र पुराना आयोजनाहरूलाई निरन्तरता गरिएको भएकाले ३ घण्टा लामो बजेट भाषण भएको उनी बताउँछन् ।

बजेटमा पूँजी बजारलाई यसपाली पनि राम्ररी नसमेटिएको उनको तर्क छ । सम्बोधन गरिएका कुराहरू पनि पुरानै दोहोरिएका उनले बताए । १७ वर्षअघि आफू अध्यक्ष हुँदादेखि नै पूँजी बजारमा एनआरएनलाई भित्र्याउने भनिँदै आएको र आज १७ वर्षपछि पनि सोही कुरा निरन्तर भनिएको उनी बताउँछन् । श्रोतको सुनिश्चितता नभईकन कार्यक्रम नगर्ने भनिएको छ त्यो चाहीँ राम्रो कुरा भएको उनको धारणा छ । 

अहिलेको स्थितीमा हालको बजेट भाषणले पनि पूँजी बजारलाई खासै राम्रो हुने जस्तो नदेखिने उनले बताए । यस कुरालाई अझै प्रस्ट्याउँदै उनले भने, पूँजी बजारलाई खासै राम्रो हुने जस्तो दे्खिँदैन किनभने आन्तरिक ॠण ४० अर्ब उठाउने भनेको छ । बजारबाट आन्तरिक ॠण त्यत्रो उठाउने भनेपछि बजारमा फेरि पैसाको अभाव हुने निश्चितता देखिन्छ । 

श्रोतहरूको अनुमान जुन हिसावले गरिएको छ त्यो यथार्थपरक नदेखिएको उनी बताउँछन् । तापनी कार्यान्वयन हेर्नुपर्ने उनले बताए । अहिलेको बजेटमा समस्यालाई निर्क्यौल गर्न सक्षम भएको तर त्यसलाई समाधान गर्ने उपायमा चाहीँ त्यत्तिको निश्चितता नदेखिएको उनले बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको