Like us!
Follow us!
Connect us!
Watch us!

म गभर्नर भएको भए यस्तो जटिल परिस्थिति नै नबन्न सक्थ्यो : डा. चिरन्जीवी नेपाल

अर्थ संसार

सोमबार, ०२ माघ २०७९, १६ : ४८ मा प्रकाशित

म गभर्नर भएको भए यस्तो जटिल परिस्थिति नै नबन्न सक्थ्यो : डा. चिरन्जीवी नेपाल

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरन्जिवी नेपालले यदि यो आफ्नो कार्यकाल थियो भने अहिलेको जस्तो असहज परिस्थिति नै नआउने बताएका छन्।

आफ्नो कार्यकालमा जस्तो राजनीतिक अस्थिरता बिरलैले बोग्नुपरेको स्मरण गर्दै नेपालले सो बेला ५ पटक सरकार परिवर्तन भएको र आफूले ५ जना अर्थमन्त्रीहरुसंग काम गर्नु परेको पनि स्मरण गरे। भूकम्प, नाकाबन्दी जस्ता प्रतिकुल अवस्थामा पनि त्यतिबेला राष्ट्र बैंकले सफलता पूर्वक आफ्नो भूमिका निर्वाह गरेको पनि उनले स्मरण गरे।  

त्यस्तै ब्याजदर घट्दो ट्रेण्डमा गएका कारण सेयर बजारमा सुधार आउने उनको प्रक्षेपण छ। डा. नेपाल भन्छन, 'सेयर बजार र ब्याजदरको विपरित सम्बन्ध हुन्छ, अब ब्याजदर घट्दै जाने देखिन्छ त्यसले सेयर बजार सुधारको संकेत गर्छ।'

सरकारले पुरक बजेट ल्याएर बजारमा पैसा पठाउनुपर्ने पनि उनको धारणा छ। 

(डा. नेपालसँग गरिएको अर्थसंसार बहस केही बेरमा अर्थसंसारको युट्युब च्यानलमा प्रसारण गरिनेछ ) 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको