Like us!
Follow us!
Connect us!
Watch us!

बजेटले घटायो लगानीकर्ताको मनोबल, १९ सय पुगेर फर्कियो इन्डेक्स

अर्थ संसार

मंगलबार, १६ जेठ २०८०, १५ : ०८ मा प्रकाशित

बजेटले घटायो लगानीकर्ताको मनोबल, १९ सय पुगेर फर्कियो इन्डेक्स

आज (मंगलबार) नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से ५३.१६ अंकले घट्दा नेप्से इन्डेक्स १८८८.६१ विन्दुमा पुगेको हो । दिउँसो नेप्से इन्डेक्स १९०० मा पुगेको थियो । उक्त इन्डेक्स अन्तिम समयमा आएर १८८८.६१ मा फर्केको हो । २०८०–८१ को बजेटका कारण लगानीकर्ताको मनोबल घटेको देखिएको छ । सो कारण पनि आज बजार राताम्मे भएको हो । 

नेप्से घटेसँगै कारोबार रकममा भने केहि सुधार देखिएको छ । आज २ अर्ब ३४ करोड १७ लाख ७७ हजार माथिको कारोबार भएको हो ।

आज ९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २०७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ३ कम्पनीको मूल्य स्थिर रहेको छ । नेप्सेमा घटेपनि आज शिवम् सिमेन्ट लिमिटेडको कारोबार अब्बल रह्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको