Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी बैंकद्वारा ’नेपाल प्रहरी–लक्ष्मी बैंक छात्रवृत्ति कोष’ को स्थापना

अर्थ संसार

सोमबार, ११ बैशाख २०८०, १६ : ३२ मा प्रकाशित

लक्ष्मी बैंकद्वारा ’नेपाल प्रहरी–लक्ष्मी बैंक छात्रवृत्ति कोष’ को स्थापना

लक्ष्मी बैंकको छोरी शिक्षित, देश शिक्षित अभियानअन्तर्गत बैंक र नेपाल प्रहरी कल्याण कोष बिच रू. २५ लाखको ‘नेपाल प्रहरी – लक्ष्मी बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्ने सम्झौता भएको छ । साथै , बैंकले आगामी पाँच वर्षसम्म रू ७ लाख ५० हजार बराबरको आर्थिक सहयोग गर्ने प्रतिबद्वता जनाएको छ ।

सम्झौतामा प्रहरी महानिरीक्षक बसन्त कुँवर र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहको उपस्थितिमा बैंकको तर्फबाट रिटेल फाइनान्स सर्भिसेसका प्रमुख दिपेश अमात्य र नेपाल प्रहरीको तर्फबाट नायब महानिरीक्षक केदार ढकालले हस्ताक्षर गरेका हुन् ।

सो छात्रवृत्ति कोषबाट प्रहरी विद्यालयहरुमा अध्ययनरत अमर÷सहिद, बहालवाला, पूर्व एवं अवकाश प्राप्त, अशक्त जुनियर प्रहरी अधिकृत दर्जाका परिवारका जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिने छ ।

छात्रवृत्तिको छनोट प्रक्रिया नेपाल प्रहरीले व्यवस्थापन गर्ने छ भने लक्ष्मी बैंकले आर्थिक सहयोग प्रदान गर्नेछ । उक्त पहलले लक्ष्मी बैंकको छोरी शिक्षित, देश शिक्षित अभियानलाई अझ विस्तार गर्नुका साथै योग्य छात्राहरुलाई शिक्षाको माध्यमबाट सशक्त बनाउने कुरामा बैंकले विश्वास लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको