Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी बैंकले ल्यायो विश्व कपलाई लक्षित गर्दै “सेभ लाइक अ च्याम्पियन” (बचत गरौं, च्याम्पियन बनौं) योजना

अर्थ संसार

सोमबार, २८ कार्तिक २०७९, १७ : २९ मा प्रकाशित

लक्ष्मी बैंकले ल्यायो विश्व कपलाई लक्षित गर्दै  “सेभ लाइक अ च्याम्पियन” (बचत गरौं, च्याम्पियन बनौं) योजना

विश्वकै सबैभन्दा ठूलो खेलमेला फिफा विश्वकपको दिनगन्ती शुरु भैसकेको छ र फुटबलका पारखी नेपाली प्रशंसकहरु हरियो मैदानहरुमा देखिने जादुमयी खेलहरुको प्रत्यक्षदर्शी बन्नका लागि आतुर भैसकेका छन् ।

यो विश्वव्यापी लोकप्रियता बोकेको प्रतियोगितालाई उत्सवको रुपमा मनाउने क्रममा लक्ष्मी बैंकले बचतको महत्वलाई उजागर गर्न गोलरक्षकद्वारा फुटबल खेल जित्नलाई गरिने बचाऊ र लगनशीलतापूर्वक व्यक्तिगत तवरमा आफ्नै आर्थिक उपार्जनका लागि गरिने बचतबीच समानता देखाउने उद्देश्यका साथ एक नयाँ योजना “सेभ लाइक अ च्याम्पियन (बचत गरौं, च्याम्पियन बनौं)” सञ्चालन गर्ने भएको छ । यस अभियानले वर्तमानका र भविष्यका दुवै पुस्ताहरुको भविष्य उज्ज्वल बनाउन ‘बचत’ को शक्ति र भावनालाई प्रवद्र्धन एवं प्रोत्साहन गर्ने लक्ष्य लिएको छ ।

अभियान  नोभेम्बर २०, २०२२ देखि डिसेम्बर ३१,२०२२ सम्म संचालन हुनेछ । यस अवधिमा बचत गर्ने निश्चित बचतकर्ताहरुलाई पूर्व स्वीकृत क्रेडिट कार्ड, आजीवन निःशुल्क ग्रीन बैंकिङ्ग प्याकेज (बैंकको मोबाइल बैंकिङ्ग र इन्टरनेट बेैकिंङ्ग, डिम्याट खाता, मेरो शेयर, भाइबर बैंकिङ्ग, इमेल समाधानहरुं) र खुत्रुक्के लगायतका आकर्षक उपहारहरु प्रदान गरिनेछ । बचत खाताका अफरहरुका साथै, ग्राहकहरुले विभिन्न प्रतियोगितामा भाग लिन पनि सक्नेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको