Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी बैंकको सीईओमा पुनः अजयबिक्रम शाह

अर्थ संसार

विहीबार, १२ साउन २०७९, १२ : २१ मा प्रकाशित

लक्ष्मी बैंकको सीईओमा पुनः अजयबिक्रम शाह

लक्ष्मी बैंकले प्रमुख कार्यकारी अधिकृतमा अजयबिक्रम शाहलाई पुनः नियुक्त गरेको छ । चार वर्षे कार्यकाल सकेका शाहकलाई बैंक सञ्चालक समितिको बैठकले पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी यसअघि २०७६ कात्तिकमा बैंकको सीईओमा नियुक्त भएका थिए । बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका सुदेश खालिङको कार्यकाल सकिएपछि शाहलाई बैंकले सिईओमा नियुक्त गरेको थियो । अहिले पुनः शाह नै सीईओ बनेका हुन् । अब उनले ४ वर्षका लागि काम गर्नेछन् ।
तीन दशक लामो बैंकिङ अनुभव भएका शाहकले करियरको सुरुवात स्यान्डर्ड चार्टर्ड बैंकबाट गरेका हुन् । उनले सो बैंकमा १० वर्ष काम गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको