Like us!
Follow us!
Connect us!
Watch us!

लयमा फर्किएको बजारलाई बजेटले बनायो प्रताडित

अर्थ संसार

बुधबार, १७ जेठ २०८०, १५ : १७ मा प्रकाशित

लयमा फर्किएको बजारलाई बजेटले बनायो प्रताडित

आज (बुधबार) नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से ३८.८३ अंकले घट्दा नेप्से इन्डेक्स १८४९.७९ विन्दुमा पुगेको हो । बजेट आउनुभन्दा अघिल्लो दिनसम्म पनि बजार लयमा फर्किएको थियो । बजेट आउन साथ नेप्से निरन्तर ओरालो लागिरहेको छ । यसर्थ बजेटले बजारलाई प्रताडित गरेको बुझ्न सकिन्छ ।  

नेप्से घटेपनि कारोबार रकममा भने उल्लेख्य देखिएको छ । आज २ अर्ब ३१ करोड ५१ लाख ६९ हजार माथिको कारोबार भएको हो ।

आज १६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २०३ कम्पनीको सेयर मूल्य घटेको छ । नेप्सेमा घटेपनि आज प्रभु बैंक लिमिटेड प्रमोटर सेयरको कारोबार अब्बल रह्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको