Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा एक कम्पनीको सेयर सुचीकृत

अर्थ संसार

विहीबार, १८ जेठ २०८०, १५ : ३७ मा प्रकाशित

नेप्सेमा एक कम्पनीको सेयर सुचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक कम्पनीको सेयर सुचीकृत भएको छ । आज नेप्सेमा साबिकको आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड एकआपसको मर्जर पश्चात् बनेको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर सुचीकृत भएको हो ।

मर्जर प्रक्रिया पूरा गरी एकीकृत कारोबार पनि सुरु गरिसकेको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर कारोबार आइतबारबाट खुल्ने भएको छ। नेप्सेले आज मर्जर प्रयोजनका लागि रोक्का रहेको सेयर कारोबार फुकुवा गरेको छ। 

साबिक आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी १ः१ सेयर स्वाप रेसियोमा मर्ज भएका हुन्। यी दुवै कम्पनीको १०० रुपैयाँ चुक्तामूल्यको कुल ३ करोड २ लाख ९३ हजार ३४६.३९ कित्ता सेयर आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नेप्सेमा सूचीकृत भएको छ। 

नेप्सेले यो कम्पनीलाई पहिलो कारोबारका लागि प्रतिकित्ता ३७०.८२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। यसर्थ अब यो कम्पनीको सेयर कारोबार यही मूल्यबाट खुल्नेछ। 

यस्तो छ नेप्सेले जारी गरेको विज्ञप्ति:

साबिकको आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड एकआपसमा गाभ्ने–गाभिने (मर्जर) गर्दा १ः१ को अनुपातमा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु. १०० दरको सेयर क्रम संख्या १ देखि ३,०२,९३,३४७ सम्मको कुल ३,०२,९३,३४६.३९ कित्ता सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम यस स्टक एक्सचेञ्ज लिमिटेडमा कारोवार हुनका लागि संलग्न सम्झौता बमोजिमका शर्तहरु पालना गर्ने गरी मिति २०८०–०२–१८ को निर्णयानुसार आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नामबाट धितोपत्रको सूचीकरण गरिएको र मर्जर प्रयोजनको लागि रोक्का रहेको उक्त कम्पनीको शेयर कारोबार फुकुवा गरिएको व्यहोरा निर्णयानुसार जानकारी गराउँदछु । 

शर्तहरु(१) धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका नियम तथा विनियममा उल्लेख गरिएका शर्तहरु । (२) धितोपत्र सूचिकरण सम्झौता पत्रमा उल्लेखित शर्तहरु ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको