Like us!
Follow us!
Connect us!
Watch us!

असार २९ गते पेशी हुने भएपछि सन्दीपलाई दक्षिण अफ्रिका पठाउने क्यानको तयारी

अर्थ संसार

आइतबार, २१ जेठ २०८०, १३ : ५६ मा प्रकाशित

असार २९ गते पेशी हुने भएपछि सन्दीपलाई दक्षिण अफ्रिका पठाउने क्यानको तयारी

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडि तथा लेग स्पीनर सन्दीप लामिछानेलाई भोलि (सोमबार) दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ ।

एक नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा अदालतमा मुद्दा खेपिरहेका लामिछानेको मुद्दाको पेसी असार २९ गतेसम्मको लागि सरेपछि उनलाई भोलि दक्षिण अफ्रिका पठाउन लागिएको हो ।

नेपालले यही असार ३ गतेबाट जिम्बावेमा आयोजना हुने आईसीसी विश्व क्रिकेटको छनोट खेल खेल्दैछ । टिमका अन्य खेलाडि यसअघिनै दक्षिण अफ्रिका गएपनि लामिछानेको मुद्दा टुंगोमा नपुगेपछि नेपालमै बसेका थिए । अब भने मुद्दाको पेसी सरेसँगै उनी दक्षिण अफ्रिका जाने निश्चित भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको