Like us!
Follow us!
Connect us!
Watch us!

सहमतिपछि लगानीकर्ता उत्साहित, बजारमा रौनकता

अर्थ संसार

आइतबार, २१ जेठ २०८०, १५ : ०८ मा प्रकाशित

सहमतिपछि लगानीकर्ता उत्साहित, बजारमा रौनकता

आज (आइतबार) नेप्से परिसूचकमा उछाल आएको छ। आज नेप्से ५३.०३ अंकले बढ्दा नेप्से इन्डेक्स १९१९.३७ विन्दुमा पुगेको हो । लगानीकर्ताले लाभकारका विषयमा प्रश्न उठाउँदै आएको थियो । उक्त विषयले गर्दा आज नेप्सेको प्री अपनिङ्ग सेसनमा कारोबार नै भएन । उक्त विषयमा अर्थमन्त्रालयले लगानीकर्ताको माग सम्बोधन गरेसँगै आज नेप्सेमा उछाल आएको हो । 

नेप्से बढेपनि पनि कारोबार रकममा भने केहि मात्रामा खुम्चिएको छ । आज १ अर्ब ६५ करोड ६३ लाख ४० हजार माथिको कारोबार भएको हो ।

आज २१७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३ कम्पनीको सेयर मूल्य घटेको छ । नेप्सेमा बढेसँगै आज शिवम् सिमेन्ट लिमिटेडको कारोबार अब्बल रह्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको