Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्यालीद्वारा विशेष साधारणसभा आह्वान, १०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव मुख्य एजेण्डा

अर्थ संसार

आइतबार, २१ जेठ २०८०, १७ : ४५ मा प्रकाशित

अरुण भ्यालीद्वारा विशेष साधारणसभा आह्वान, १०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव मुख्य एजेण्डा

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको आज (आइतबार) दिउँसो बसेको बैठकले विशेष साधारणसभा आउँदो असार ७ गते आयोजना गर्ने निर्णय गरेको हो। विशेष साधारणसभाले कम्पनीको चुक्तापुँजीको १ः१ अर्थात् १०० प्रतिशत हकप्रद जारी गर्ने मुख्य एजेण्डा पारित गर्नेछ। 

यसअघि कम्पनी सञ्चालक समितिको बसेको बैठकले चुक्तापुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। यसका लागि विद्युत नियमन आयोगमा पूवीस्वीकृतिका लागि कम्पनीले आवेदन दिएको थियो। 

विद्युत नियमन आयोगले यही जेठको पहिलो साता अरुण भ्याली हाइड्रोपावरलाई हकप्रद निष्कासनको एजेण्डा साधारणसभाबाट अनुमोदन गर्न पूर्व स्वीकृति प्रदान गरेको छ। विद्युत नियमन आयोगले पूर्वस्वीकृति प्रदान गरेसँगै कम्पनीले विशेष साधारणसभाको मिति टुंगो लगाएको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको