Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश प्रस्तावरहित विन नेपाल लघुवित्तले डाक्यो साधारण सभा

अर्थ संसार

सोमबार, २२ जेठ २०८०, ११ : ०८ मा प्रकाशित

लाभांश प्रस्तावरहित विन नेपाल लघुवित्तले डाक्यो साधारण सभा

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ११ गते आठौं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको जेठ २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले फिस स्टेशन एण्ड रिसोर्ट, बनेपा, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन् । गत वर्ष ९ दशमलव ३३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष लगानीकर्ताको हात खाली बनाएको हो । 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७९ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पद संख्या २ को निर्वाचन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ । 

यसका साथै, यस वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गको अन्य लघुवित्त वित्तीय संस्थाहरुसंग गाभ्ने र गाभिने (मर्जर) तथा प्राप्ती (एक्विजिशन) सम्बन्धमा आवश्यक सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने, प्रबन्धपत्र र नियमावलीमा गरिएको संशोधन सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन वा परिमार्जन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावहरू पनि सभामा पारित गरिनेछ । 

साधारण सभा प्रयोजनार्थ कम्पनीले असार ५ गतेदेखि असार १० गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असार ४ गतेसम्म कायम सेयरधनीहरू मात्रै सभामा भाग लिन पाउनेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको