Like us!
Follow us!
Connect us!
Watch us!

सन्दीप आज दक्षिण अफ्रिका जाँदै

अर्थ संसार

सोमबार, २२ जेठ २०८०, ११ : २५ मा प्रकाशित

सन्दीप आज दक्षिण अफ्रिका जाँदै

नेपाली राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी सन्दीप लामिछाने आज (सोमबार) दक्षिण अफ्रिका जाने तयारीमा छन् । आईसीसी विश्वकप एकदिवसीय छनोटको अभ्यास खेलका लागि उनी दक्षिण अफ्रिका जान लागेका हुन् । राष्ट्रिय क्रिकेट टोली गत मंगलबार नै दक्षिण अफ्रिका गइसकेको छ । 

बलात्कार आरोपमा सर्वोच्च अदालतमा पेशी रहेका कारण लामिछाने टोलीसँग जान पाएका थिएनन् । तर, पेशी २९ असारमासम्मलाई सरेपछि उनी आज (सोमबार) प्रशिक्षक मोन्टी देशाइसँगै दक्षिण अफ्रिका जाने भएका हुन् ।

नेपालले जेठ २५ गते स्कटल्यान्ड र २७ गते नेदरल्याण्ड्ससँग अभ्यास खेल खेल्नेछ । अभ्यास खेलपछि नेपाली टोली जिम्बावे जानेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको