Like us!
Follow us!
Connect us!
Watch us!

पैसा जम्मा गरेर बस्नुहोस्, मैलुङ खोला जलविद्युत कम्पनीको ७ लाख भन्दा बढी कित्ता IPO आउँदै

शनिबार, २८ असोज २०७४, ०८ : ०५ मा प्रकाशित

पैसा जम्मा गरेर बस्नुहोस्, मैलुङ खोला जलविद्युत कम्पनीको ७ लाख भन्दा बढी कित्ता IPO आउँदै

अर्थ संसार, काठमाडौं– तपाईसँग भएको पैसा सेयरमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने मैलुङ खोला जलविद्युत कम्पनीले निष्काशन गर्न लागेको सर्वसाधारण सेयर (आईपिओ) मा लगानी गर्न सक्नुहुनेछ ।

कम्पनीले सर्वसाधारणका लागि ७ लाख ३६ हजार २८६ कित्ता आईपिओ जारी गर्न धितोपत्र बोर्डमा आवेदन गरेको छ ।  

कसलाई कति ?

स्थानीयवासीलाई १० प्रतिशत

रसुवा जिल्लाको डाँडागाउँमा रहेको ६ मेगावाट विद्युत उत्पादन क्षमताको आयोजना निर्माण गरेको  मैलुङ खोला जलविद्युत कम्पनले आयोजना प्रभावितका लागि १० प्रतिशत सेयर वितरण  गरिसकेको छ ।

सर्वसाधारणलाई २० प्रतिशत

कम्पनीले सर्वसाधारणका लागि कूल सेयरको २० प्रतिशत सेयर जारी गर्न लागेको हो । कम्पनीले आम सर्वसाधारण लगानीकर्तालाई ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको हो ।

कहिले आउँ छ त आईपिओ ?

सफलतापूर्वक कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि १० प्रतिशत सेयर बिक्री गरको थियो ।

सर्वसाधारण सेयर निष्काशनको लागि नियामन निकाय धितोपत्र बोर्डबाट आवेदन दिएको छ । धितोपत्र बार्डबाट अनुमति पाएपछि कम्पनीले आईपिओ निष्कासन गर्नेछ । यसका लागि केही महिना लाग्न सक्नेछ ।

विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल

कम्पनीले सेयर विक्रीको लागि  निष्काशन तथा विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

कम्पनीले गत जेठमा आयोजना प्रभावित रसुवाका स्थानीय बासिन्दाका लागि तीन करोड ६८ लाख १४ हजार चार सय रुपैयाँको ३ लाख ६८ हजार १४३ कित्ता साधारण सेयर  (आईपिओ) निष्काशन गरी बाँडफाँड समेत गरेको थियो ।
कम्पनीको जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको