Like us!
Follow us!
Connect us!
Watch us!

जलाधार क्षेत्रमा कम पानी पर्दा कुलेखानी जलाशय भरिएन, हिउँदमा लोडसेडिङ हुनसक्ने

शनिबार, २८ असोज २०७४, १४ : ३२ मा प्रकाशित

जलाधार क्षेत्रमा कम पानी पर्दा कुलेखानी जलाशय भरिएन, हिउँदमा लोडसेडिङ हुनसक्ने

अर्थ संसार, काठमाडौँ– जलाधार क्षेत्रमा उल्लेख्य मात्रामा पानी नपरेका कारण यस पटक पनि मुलुकको एकमात्र जलाशययुक्त आयोजनाको रुपमा रहेको कुलेखानी जलाशय भरिन सकेको छैन ।

कुलेखानीको जलाशय नभरिएका कारण आगामी हिउँदमा लोडसेडिङ होला कि भन्ने आशंका समेत बढेर गएको छ ।

नेपाल विद्युत् प्राधिकरणकाअनुसार कलेखानी भरीन अझै साढे ८ मिटर बाँकी रहेको छ ।
कुलेखानीको जलासय १ हजार ५२१.६ मिटर भरिएको छ ।

यो वर्ष जलासय भरिएर १ हजार ५२४ मिटर पुग्ने अनुमान गरिएको भएपनि जलाधार क्षेत्रमा कम पानी परेका कारण उल्लेख्य सफलता हासिल हुन सकेन । गत वर्ष जलसतह १ मिटर कम अर्थात १ हजार ५२३ मिटर थियो ।

हाल प्राधिकरणले कुुलेखानी आयोजना बन्द गरेको छ । आवश्यकताअनुसार कहिलेकाही मात्र सञ्चालन हुने उनले जानकारी दिए ।

कुलेखानी पहिलो र दोस्रो गरी ९२ हाल ९२ मेगावाट बिजुली उत्पादन हुन्छ । यस्तै १४ मेगावाटको कुलेखानी तेस्रो आयोजनाको काम पनि अन्तिम चरणमा पुगेको छ ।

यो आयोजना सम्पन्न भएपछि कुलेखानीको जडित क्षमता १०६ मेगावाट पुग्ने र त्यसले लोड व्यवस्थापनमा सहयोग पुग्ने प्राधिकरणको भनाइ छ ।

59e1d23aec798.gif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको