Like us!
Follow us!
Connect us!
Watch us!

दुई महिनाभित्रै नयाँ लाइसेन्स वितरण गरेर ब्रोकरको संख्या ९३ पुर्याइनेछः रमेश हमाल

अर्थ संसार

विहीबार, २५ जेठ २०८०, ११ : २५ मा प्रकाशित

दुई महिनाभित्रै नयाँ लाइसेन्स वितरण गरेर ब्रोकरको संख्या ९३ पुर्याइनेछः रमेश हमाल

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश हमालले दुई महिनाभित्रै नयाँ लाइसेन्स वितरण गरेर ब्रोकरको संख्या ९३ पुर्याइने बताएका छन्। आज (बिहीबार) सेबोनको ३१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘एलओआई पाएका सबै कम्पनीलाई दुई महिनाभित्र लाइसेन्स वितरण गरेर ब्रोकरको संख्या ९३ पुर्याउँछौँं ।’ धितोपत्र बोर्डका सबै कामलाई विद्युतीय तथा स्वचालित बनाउने योजना रहेको पनि हमालले बताए। बोर्डका सबै कामलाई विद्युतीय तथा स्वचालित बनाउने योजना रहेको उनले बताए। 

‘हाम्रा सबै काम अब ‘पेपरलेस’ बनाउँदै लग्ने छौँ’, उनले भने। साथै, लगानीकर्ताको क्षमता र चेतना बढाउन ‘क्यापिटल मार्केट इन्चिच्युट’ पनि बनाउने योजना बोर्डको रहेको उनले बताए ।-File Photo 

सम्बन्धीत समाचारः

आइपीओ निष्कासन गर्न ४५ दिनमै स्वीकृति दिइनेछः सेबोन अध्यक्ष हमाल

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको