Like us!
Follow us!
Connect us!
Watch us!

आइपीओ निष्कासन गर्न ४५ दिनमै स्वीकृति दिइनेछः सेबोन अध्यक्ष हमाल

अर्थ संसार

विहीबार, २५ जेठ २०८०, ११ : १४ मा प्रकाशित

आइपीओ निष्कासन गर्न ४५ दिनमै स्वीकृति दिइनेछः सेबोन अध्यक्ष हमाल

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश हमालले प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्न निवेदन दिने कम्पनीहरूलाई ४५ दिनमै स्वीकृति प्रदान गर्ने गरी काम थालिएको बताएका छन् । आज (बिहीबार) सेबोनको ३१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

आउँदा दिनमा अनलाइनबाटै सम्पूर्ण कागजपत्र पेस गर्ने  ‘प्लेटफर्म’ निर्माण गरिने विषयमा उनले जोड दिए । बोर्डले डिजिटल टेक्नोलोजीलाई प्राथमिकता दिई ‘पेपरलेस’ सेवालाई अगाडि बढाएको उनले बताए । कमोडिटी एक्सचेन्ज यो वर्षभित्रै सञ्चालनमा ल्याइने समेत उनले स्पष्ट पारे।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको