Like us!
Follow us!
Connect us!
Watch us!

दाेश्राे बजारमा सिटी होटलकाे काराेबार सुरू, कतिमा भयो पहिलो कारोबार ?

अर्थ संसार

आइतबार, २८ जेठ २०८०, ११ : १९ मा प्रकाशित

दाेश्राे बजारमा सिटी होटलकाे काराेबार सुरू, कतिमा भयो पहिलो कारोबार ?

धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (जेठ २८ गते, आइतबार) सिटी होटल कम्पनी लिमिटेडकाे पहिलो कारोबार भएको छ ।

स्पेशल प्रि ओपनिङ्ग सेसनमा सिटी होटल कम्पनी लिमिटेडकाे पहिलाे काराेबार प्रतिकित्ता १११ रुपैयाँ १० पैसामा भएकाे छ । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८७ रुपैयाँ ८३ पैसादेखि अधिकतम २६२ रुपैयाँ ४९ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे  थियाे । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि CITY सिम्बाेल प्राप्त गरेकाे छ ।

गत बिहीबार कम्पनीकाे कुल १ करोड ६७ लाख ४० हजार कित्ता साधारण सेयर (आईपीओ)  धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको