Like us!
Follow us!
Connect us!
Watch us!

सिटि होटलको कमाई ५० करोड माथि

अर्थ संसार

मंगलबार, ३० साउन २०८०, ०७ : ४५ मा प्रकाशित

सिटि होटलको कमाई ५० करोड माथि

सिटि होटल लिमिटेडले गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।  

खुद नाफा

भखरै मात्र आइपिओ निष्काशन गरेको सिटि होटलको खुद नाफा ऋणात्मक रहेको छ। समिक्षा अवधिसम्म होटलको खुद नाफा २७ करोड ३६ लाख रुपैयाँ ऋणात्मक रहेको छ। अघिल्लो आर्थिक वर्षको सोहि समयमा कम्पनीको नाफा ४ करोड ४६ लाख रुपैयाँ ऋणात्मक रहेको थियो।

संचालन आम्दानी 

होटलको संचालन आम्दानी बढेको छ। समिक्षा वर्षमा होटलले आम्दानी वापत  ४७ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५०.१३ प्रतिशत बढेको हो। तेस्तै  कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ५० करोड ९३ लाख रुपैयाँ पुगेको छ। यो १६१.५७ प्रतिशत बढेको हो। 

खर्च 

होटल संचालनमा आएसंगै होटलको खर्च बढेको देखिन्छ।  गत वर्षको कुल खर्च ३६ करोड ७१ हजार देखिन्छ भने अघिल्लो अर्थिक वर्षमा होटलको कुल खर्च १६ करोड ३२ लाख रहेको थियो। तेस्तै कम्पनीको वित्तीय खर्च ६४१.४६ प्रतिशत बढेको कम्पनीले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ। 

प्रति सेयर आम्दानी
१६ रुपैयाँ ३५ पैसा ऋणात्मक

प्रतिशेयर नेटवर्थ
१०४ रुपैयाँ 

चुक्ता पूँजी
१ अर्ब ६७ करोड ४० लाख रुपैयाँ 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको