Like us!
Follow us!
Connect us!
Watch us!

सिटि होटलको ८०% हकप्रद सेयर पाउन आज अन्तिम मौका

अर्थ संसार

सोमबार, २६ साउन २०८२, ०७ : ०२ मा प्रकाशित

सिटि होटलको ८०% हकप्रद सेयर पाउन आज अन्तिम मौका

सिटि होटल लिमिटेडको ८० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम मिति आज (साउन २६ गते, सोमबार) रहेको छ। कम्पनीले भोली साउन २७ गते बुकक्लोज गर्ने भएकाले, आजसम्म नेप्सेमा कारोबार भइ नाम दर्ता भएका सेयरधनी मात्र हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन्।

सिटि होटलले हालको चुक्ता पूँजीको ८० प्रतिशत बराबरको हकप्रद सेयर निष्कासन गर्ने योजना ल्याएको हो। यस अन्तर्गत प्रतिकित्ता अंकित मूल्य रू. १०० का दरले कुल १ करोड ३३ लाख ९२ हजार कित्ता सेयर जारी हुँदैछ, जसको मूल्य रू. १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ हुनेछ।

नेपाल धितोपत्र बोर्डले साउन ४ गते यस हकप्रद सेयर निष्कासनका लागि अनुमति दिएको हो। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले लिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको