Like us!
Follow us!
Connect us!
Watch us!

सिटी होटलले माग्यो सेबोनबाट अनुमति, ८०% हकप्रद सेयर निष्कासनको तयारी

अर्थ संसार

बुधबार, २१ जेठ २०८२, ०८ : ४४ मा प्रकाशित

सिटी होटलले माग्यो सेबोनबाट अनुमति, ८०% हकप्रद सेयर निष्कासनको तयारी

सिटी होटल लिमिटेडले ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले यसका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिँदै स्वीकृतिको माग गरेको छ।

सेबोनबाट स्वीकृति प्राप्त भएपश्चात, सिटी होटलले हालको चुक्तापुँजीको अनुपातमा १ः०.८० अनुपातमा हकप्रद सेयर जारी गर्नेछ। कम्पनीले कुल १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने तयारी गरेको छ।

यस योजनाअनुसार, कम्पनीले १०० रुपैयाँ अंकित दरमा १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर सेयरधनीहरूका लागि ल्याउनेछ।

उक्त हकप्रद सेयर बिक्री तथा निष्कासनको व्यवस्थापन प्रभु क्यापिटलले गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको