Like us!
Follow us!
Connect us!
Watch us!

सिटि होटलले हकप्रद सेयर बाँडफाँड सम्पन्न, बाँकी सेयर लिलामीमार्फत बिक्री हुने

अर्थ संसार

बुधबार, १२ कार्तिक २०८२, ०८ : २२ मा प्रकाशित

सिटि होटलले हकप्रद सेयर बाँडफाँड सम्पन्न, बाँकी सेयर लिलामीमार्फत बिक्री हुने

सिटि होटल लिमिटेडले साउन २६ गतेसम्म नेप्सेमा दर्ता भएका आफ्ना सेयरधनीका लागि निष्कासन गरेको हकप्रद सेयर बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले कात्तिक ११ गते हकप्रद सेयरको बाँडफाँड गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले १ कित्ताका लागि ०.८० कित्ताको अनुपातमा कुल १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो।

भदौ २३ गतेदेखि असोज २६ गतेसम्म आवेदन खुला गरिएको उक्त हकप्रद सेयरमा ४९ हजार १८५ जना सेयरधनीले रितपूर्वक आवेदन दिएका थिए। तीमध्ये कम्पनीले १ करोड १२ लाख ४१ हजार ५८२ कित्ता सेयर बाँडफाँड गरेको जनाएको छ।

कम्पनीका अनुसार बाँडफाँडमा नपरेका आवेदकहरूको रकम कात्तिक १२ गतेदेखि कनेक्ट आईपीएसमार्फत सम्बन्धित बैंक खातामा फिर्ता पठाइनेछ।

बाँडफाँडपछि कम्पनीको २१ लाख ५० हजार ४१८ कित्ता हकप्रद सेयर अवितरित रहेको छ। बाँकी सेयर आगामी दिनमा लिलामी बढाबढ प्रक्रियामार्फत बिक्री गरिने कम्पनीले जनाएको छ।

सिटि होटल लिमिटेडको हकप्रद सेयर निष्कासन तथा बिक्री व्यवस्थापकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले  गरेको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको