आज (सोमबार) नेप्से परिसूचकमा सामान्य बृद्धि भएको छ । आज नेप्से ७.७९ अंकले बढ्दा नेप्से इन्डेक्स १९८७.८७ विन्दुमा पुगेको हो । आज बजार खुलेको केहि मिनेट मै अर्थात् ११ बजेर १२ मिनेट जाँदा नेप्से २००२.२८ को विन्दू पुगेको थियो । त्यस पहि क्रमशः ओरालो लागेर १९८७.८७ विन्दुमा नेप्से बन्द भएको हो । ।
नेप्से बढेपनि आज कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ । आज २ अर्ब ८८ करोड ६५ लाख ९ हजार माथिको कारोबार भएको हो ।
आज ८९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२६ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
नेप्सेमा बढेसँगै आज सोल्टी होटल लिमिटेडको कारोबार अब्बल रह्यो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस