Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर स्याङ्गे हाईड्रोपावरको पहिलो चरणको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस् रिजल्ट

अर्थ संसार

बुधबार, ३१ जेठ २०८०, १२ : २७ मा प्रकाशित

अप्पर स्याङ्गे हाईड्रोपावरको पहिलो चरणको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस् रिजल्ट

अप्पर स्याङ्गे हाईड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेको पहिलो चरणको आइपीओ बाँडफाँड सम्पन्न गरेको छ । कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपाली नागरिक र आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको आइपीओ बाँडफाँड सम्पन्न गरेको बिक्री प्रबन्धकले जनाएको हो ।

कम्पनीले स्थानीय बासिन्दाहरुको लागि यहि जेठ १ गतेदेखि १९ गतेसम्म जारी पुँजी २२ करोड रुपैयाँको १० प्रतिशत अर्थात् २ करोड २० लाख रुपैयाँ बराबरको आइपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको थियो । जसअनुसार कम्पनीले १०० अंकित मूल्यमा २ लाख २० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको थियो । 

उक्त आइपीओमा लमजुङ्ग जिल्ला मस्र्याङ्गदी गा.पा. साविक घनपोखरा गाविस वडा नं १ र २, खुदी गाविस वडा नं ३, ताघ्रिङ गाविस वडा नं ४, घेरमु गाविस वडा नं ५, बाहुन डाँडाँ गाविस वडा नं ६, भुलभुले गाविस वडा नं ७ र ८, सिमपानी गाविस वडा नं ९० का बासिन्दाहरुले आवेदन दिएका थिए ।

सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ६ लाख ५० हजार रुपैयाँ बराबरको सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो । 

जसअनुसार प्रतिसेयर १०० अंकित दरले ६५ हजार कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेको थियो । जसमा अन्तिम समयसम्ममा रितपुर्वक आवेदन दिने ६ हजार ५ सय जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।

सेयर बाँडफाँड सम्बन्धी विवरण धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाइट 

https://www.siddharthacapital.com/ 

वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको वेबसाईट

https://iporesult.cdsc.com.np/   मार्फत हेर्न सकिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको