Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर स्याङ्गेको आइपीओ बाँडफाँड मिति तय, माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँड हुने

अर्थ संसार

बुधबार, २० असार २०८०, ११ : २२ मा प्रकाशित

अप्पर स्याङ्गेको आइपीओ बाँडफाँड मिति तय, माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँड हुने

अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले आइपीओ बाँडफाँडको मिति तय गरेको छ । कम्पनीले आइपीओ प्रिअलोटमेन्ट सम्पन्न गरी आउँदो शुक्रबार बाँडफाँड गर्ने तयारी गरेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको हो ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १२ लाख ८२ हजार ४६३ जना आवेदकले १ करोड ३९ लाख ६४ हजार ७१० कित्ताका लागि आवेदन दिएका थिए । कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेको हुँदा गोलाप्रथाबाट बाँडफाँड गरीनेछ ।

कम्पनीले असार १० गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको थियो । यसअघि आयोजना प्रभावित स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आइपीओ बाँडफाँड गरी सकेको छ । कम्पनीले ६ करोड ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो ।

जसमा १ सय अंकित मूल्यमा ६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको थियो । यसमध्ये ६५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ भने ३२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र ९१३ हजार कित्ता कर्मचारीलाईलाई छुट्याइएको छ । बाँकी ५ लाख ३९ हजार ५ सय कित्ताका लागि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको थियो ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको