Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओमा आवेदन दिने बुधबार अन्तिम मौका !

अर्थ संसार

बुधबार, १३ असार २०८०, १० : ४३ मा प्रकाशित

अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओमा आवेदन दिने बुधबार अन्तिम मौका !

अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज (बुधबार) अन्तिम दिन रहेको छ । उक्त कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परिसकेको सीडीएसको तथ्यांकले देखाइसकेको छ । सीडीएसका अनुसार अहिलेसम्म १० लाख ८७ हजार १ सय ८६ आवेदन परिसकेको छ ।

यसअघि आयोजना प्रभावित स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गरेको आइपीओ बाँडफाँड गरी सकेको छ । कम्पनीले ६ करोड ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।

जसमा १ सय अंकित मूल्यमा ६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्नेछ । यस मध्ये १० प्रतिशत (६५ हजार कित्ता) वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । साथै, ५ प्रतिशत (३२ हजार ५ सय कित्ता) सामूहिक लगानी कोषका लागि र २ प्रतिशत (१३ हजार कित्ता) कर्मचारीलाईलाई छुट्याइएको छ । बाँकी ५ लाख ३९ हजार ५ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको