आज (बुधबार) नेप्से परिसूचकमा दोहोरो अंकको बृद्धि भएको छ । आज नेप्से १६.४२ अंकले बढ्दा नेप्से इन्डेक्स २०३७.०६ विन्दुमा पुगेको हो ।
नेप्से बढेसँगै आज कारोबार रकम अत्याधिक सुधार देखिएको छ । आज ५ अर्ब १ करोड ७८ लाख ७ हजार माथिको कारोबार भएको हो ।
आज १२६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
नेप्सेमा बढेसँगै आज शिवम् सिमेन्टको कारोबार अब्बल रह्यो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस