कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले आज (बिहिबार) बजेट सार्वजनिक गर्ने भएको छ । अल्पमतमा परेका मुख्यमन्त्री कार्की नेतृत्वको सरकारले अध्यादेशमार्फत दिउँसो आज ३ः३० बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम तय गरेको हो ।
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको कार्की नेतृत्वको प्रदेश सरकारले हिजो आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो । नीति तथा कार्यक्रम सार्वजनिक भएसँगै चालू अधिवेशन अन्त्य भएको थियो ।
बुधबार अधिवेशन अन्त्य गरेका प्रदेश प्रमुख पर्शुराम खापुङले आज (बिहीबार) अध्यादेश जारी गरेका थिए । प्रदेश प्रमुख खापुङ्गले मन्त्रिपरिषदको सिफारिसमा कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र कोशी प्रदेश विनियोजन अध्यादेश २०८० जारी गरेका हुन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस