Like us!
Follow us!
Connect us!
Watch us!

आदर्श लघुवित्तको सेयर कारोबार रोक्का

अर्थ संसार

विहीबार, ३२ जेठ २०८०, १६ : २५ मा प्रकाशित

आदर्श लघुवित्तको सेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का गरिदिएको छ । डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्त वित्तीय संस्थाले असार १ देखि एकीकृत कारोबार सुरु गर्दैछन् । संस्थाको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने–गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम दुबै संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनार्थ सेयर कारोबार रोक्का राख्न अनुरोध गरेको थियो। सोहि विषयमा आज नेप्सेले आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्को गरिदिएको हो । 

यस्तो छ नेप्सेले जारी गरेको सूचना

उपरोक्त सम्बन्धमा यस स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत कम्पनी आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको मिति २०८०–०२–२८ को पत्रानुसार आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति गर्ने कार्य सम्पन्न भई मिति २०८०–०३–०१ गते देखि डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गर्ने व्यहोराको पत्र प्राप्त भएकोले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९(३) बमोजिम आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार मिति २०८०–०३–०१ गते देखि लागू हुने गरी रोक्का राखिएको व्यहोरा निर्णयानुसार अनुरोध छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको