Like us!
Follow us!
Connect us!
Watch us!

डिप्रोक्स र आदर्श लघुवित्तको असार १ देखि एकीकृत कारोबार, १५ दिन सेयर कारोबार रोक्का रहने

अर्थ संसार

सोमबार, २९ जेठ २०८०, ११ : ०० मा प्रकाशित

डिप्रोक्स र आदर्श लघुवित्तको असार १ देखि एकीकृत कारोबार, १५ दिन सेयर कारोबार रोक्का रहने

डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्त वित्तीय संस्थाले असार १ देखि एकीकृत कारोबार सुरु गर्दैछन् । यी दुई संस्थाले एकीकृत कारोबार सुरु गर्नका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) समक्ष धितोपत्र कारोबार रोक्का राख्न माग गरेको छ ।

संस्थाको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम दुबै संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनार्थ सेयर कारोबार रोक्का राख्न अनुरोध गरेको हो ।

उक्त संस्थाले आउँदो असार १ गतेदेखि १५ कार्यदिनसम्म धितोपत्र कारोबार रोक्का गर्न नेप्सेसमक्ष आग्रह गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको