Like us!
Follow us!
Connect us!
Watch us!

न्यु स्टक ब्रोकर एशोसिएसनले हामीलाई स्तरहिन आरोप लगायो : स्टक ब्रोकर एसोसिएसन

अर्थ संसार

शुक्रबार, ०१ असार २०८०, ०९ : २८ मा प्रकाशित

न्यु स्टक ब्रोकर एशोसिएसनले हामीलाई स्तरहिन आरोप लगायो : स्टक ब्रोकर एसोसिएसन

न्यु स्टक ब्रोकर एशोसिएसनले आफुहरुलाई झूठा, आधारहिन, कपोल्कल्पित र अवास्तविक आरोप लगाएको र संघको गम्भिर ध्यानाकर्षण भएको भन्दै स्टक ब्रोकर एसोसिएसनले विज्ञप्ति जारी गरेको छ। 

आफुहरुले ब्रोकर कम्पनीहरु धितोपत्र सम्बन्धी निर्देशन तथा परिपत्रहरुलाई पूर्णतः अक्षरस पालना गर्दै  सेवा प्रदान गर्दै आईरहेका तर न्यु स्टक ब्रोकर एशोसिएसनले धितोपत्र दलाल व्यवसायीहरुले पूँजी बजारका नियामक निकाय तथा बजार सञ्चालकबाट प्राप्त हुने निर्देशनहरुलाई लत्याउँदै आएको भन्ने झूठा, आधारहिन, कपोल्कल्पित र अवास्तविक आरोप लगाएको विज्ञप्तिमा उल्लेख छ। 

धितोपत्र दलाल व्यवसायीहरुले 'तोकिएको समयभित्रै राफसाफ सेवा लगायतका कार्य व्यवसायिक र दक्ष कर्मचारी राखी सम्पन्न गर्न नसकिरहेका कारण  लगानीकर्ताहरुको अर्वौको सम्पत्ति जोखिममा रहेको' भनी झुठा र भ्रामक आरोप न्यु स्टक ब्रोकर एशोसिएसनले आफुहरुलाई लगाएको र धितोपत्र दलाल व्यवसायीहरुको गुमराहमा परी सम्मानित अर्थ समितिले निर्देशन जारी गरेको' भन्ने जस्ता अत्यन्तै संवेदनशिल, असान्दर्भीक तथा स्तरहिन आरोप न्यु स्टक ब्रोकर एशोसिएसनले लगाएको सबै आधारहिन  र झूठा आरोपहरुबाट भ्रमित कोई नहुनु विज्ञप्तिमा भनिएको छ। 

 

648be169ec130.jpg 648be16c31603.jpg 648be16ef3a6d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको