Like us!
Follow us!
Connect us!
Watch us!

पुराना ब्रोकरविरुद्ध नयाँ ब्रोकरले खोले छुट्टै संगठन, आर्थिक चलखेलको प्रमाण पेश गर्न पुरानालाई नयाँ ब्रोकरको चुनौती

अर्थ संसार

आइतबार, ३१ बैशाख २०८०, ११ : ४७ मा प्रकाशित

पुराना ब्रोकरविरुद्ध नयाँ ब्रोकरले खोले छुट्टै संगठन, आर्थिक चलखेलको प्रमाण पेश गर्न पुरानालाई नयाँ ब्रोकरको चुनौती

नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट लाइसेन्सका लागि आसय पत्र (एलओआई) प्राप्त गरेका ब्रोकर कम्पनीहरु संंगठित भएका छन् । उनीहरुले सागर ढकालको संयोजकत्वमा ‘न्यु स्टक ब्रोकर’ एसोसियसन नेपाल नामक संगठन खोलेका हुन् ।

एलओआई पाएका नयाँ ब्रोकरहरुले एतिहासमै पहिलो पटक पारदर्शी रुपमा ब्रोकर लाइसेन्स वितरण भएको दावी गर्दै त्यस्तो कामको बिरोध नगर्न पुराना ब्रोकर कम्पनीहरुलाई चेतावनी पनि दिएका छन् ।

स्टक ब्रोकरहरुको नयाँ संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो सिन्डिकेट एवं एकाधिकार कायम हुनुपर्छ भन्ने संकुचित मानसिकताका साथ पूँजी बजारमा संलग्न धितोपत्र दलाल व्यवसायीहरुको संगठन स्टक ब्रोकर्स एशोशिएसन अफ नेपालले मिति २०८०-०१-२९ गते जारी गरेको भ्रामक, कपोलकल्पित, आधारहीन विज्ञप्तिले सम्पूर्ण ५६ लाख लगानीकर्ताहरुले गरेको अपेक्षामाथिको तुषारापात भएको हाम्रो ठहर छ । उक्त विज्ञप्तिमार्फत स्टक ब्रोकर्स एशोशिएसन अफ नेपालले स्वायत्त नियामक निकाय नेपाल धितोपत्र बोर्ड, तत्कालिन मन्त्री परिषद तथा सर्वोच्च अदालतमाथि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आर्थिक चलखेल गरेको आरोप लगाइएको र यसमा हामी भर्खरै पूर्वस्वीकृति (आशयपत्र) लिई सञ्चालनको तर्खरमा रहेका ४३ वटा नयाँ ब्रोकर कम्पनीहरु समेत संलग्न रहेको आरोप पूर्ण रुपमा निराधार र कपोलकल्पित रहेको छ । नेपालको इतिहासमा पहिलो पटक समय सीमा तोकेर, तोकेको समय सीमाभित्र सम्पूर्ण कार्यहरु सक्दै पूर्ण रुपमा पारदर्शी ढंगबाट सबै प्रक्रियाहरु सम्पन्न गरी कार्य अगाडि बढाएको देखेको र सो उपर हामीहरुले १ पैसा समेत खर्च नगर्नुपरेको सम्भवतः यो नै पहिलो घटना हो । तर यसरी अगाडि बढाइएको कार्यमा समेत आर्थिक चलखेलको आरोप स्टक ब्रोकर्स एशोशिएसन अफ नेपालले लगाएको हुँदा सो आरोप प्रमाण सहित प्रमाणित गर्न हामी चुनौति दिन्छौ । आगामी दिनमा यस्तै किसिमका आधारहीन, कपोलकल्पित आरोपहरु लगाइएको पाइएमा हामी त्यसउपर कानूनी उपचार खोज्न बाध्य हुनेछौं ।’  

नयाँ कम्पनीका लगानीकर्ताहरुले नेपालको इतिहासमै पहिलो पटक समय सिमा तोकर पारदर्शी ढंगले एक रुपैयाँ खर्च नगरि लाइसेन्सका लागि आसय पत्र वितरण भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

आर्थिक चलखेलको प्रमाण पेश गर्न पनि नयाँ ब्रोकरहरुले पुरानाहरुलाई चुनौती दिएका छन् ।  ‘नेपालको इतिहासमा पहिलो पटक समय सीमा तोकेर, तोकेको समय सीमाभित्र सम्पूर्ण कार्यहरु सक्दै पूर्ण रुपमा पारदर्शी ढंगबाट सबै प्रक्रियाहरु सम्पन्न गरी कार्य अगाडि बढाएकोदेखेको र सो उपर हामीहरुले १ पैसा समेत खर्च नगर्नुपरेको सम्भवतः यो नै पहिलो घटना हो । तर यसरी अगाडि बढाइएको कार्यमा समेत आर्थिक चलखेलको आरोप स्टक ब्रोकर्स एशोशिएसन अफ नेपालले लगाएको हुँदा सो आरोप प्रमाण सहित प्रमाणित गर्न हामी चुनौति दिन्छौ । आगामी दिनमा यस्तै किसिमका आधारहीन, कपोलकल्पित आरोपहरु लगाइएको पाइएमा हामी त्यसउपर कानूनी उपचार खोज्न बाध्य हुनेछौं ।’, नयाँ ब्रोकरहरुका तर्फबाट जारी भएको विज्ञप्तिमा भनिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको