Like us!
Follow us!
Connect us!
Watch us!

‘आदिपुरुष’ मा माता सीताबारे राखिएको विवादास्पद संवाद सच्याइयो

अर्थ संसार

शुक्रबार, ०१ असार २०८०, ११ : ३४ मा प्रकाशित

‘आदिपुरुष’ मा माता सीताबारे राखिएको विवादास्पद संवाद सच्याइयो

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा माता सीताबारे राखिएको विवादास्पद संवाद फिल्म निर्माताले हटाएका छन् । ‘सीता भारतकी छोरी’ भनी राखिएकोे संवाद नेपालमा विवादास्पद भएपछि निर्माताले हटाएका हुन् ।

काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह उर्फ (बालेन)ले संवाद नसच्याए काठमाडौंमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने चेतावनी दिएकाले फिल्मबाट उक्त संवाद हटाइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मेयर शाहले बिहीबार फेसकुबमा स्टाट्स राख्दै चलचित्र आदिपुरुषमा रहेको  ‘जानकी भारतीय छोरी हुन्’ भन्ने विषयलाई तीन दिन भित्र नसच्याए काठमाडौं महानगरभित्र कुनैपनि हिन्दी चलचित्र चल्न नदिने घोषणा गरेका थिए ।

यस्तै, चलचित्र बोर्डले पनि उक्त विषयलाई लिएर नेपालमा सेन्सर रोकेको थियो । धार्मिक कथामा आधारित ‘आदिपुरुष’ आजदेखि प्रदर्शनमा आउँदैछ ।

 

सम्बन्धीत समाचार:

‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन : बालेन

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको