काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को निर्णयविरुद्ध फिल्म हल सञ्चालकहरूले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेका छन्।
क्षेत्राधिकारभन्दा बाहिरको कुरामा हस्तक्षेप गरी हिन्दी फिल्म ‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाएको भन्दै आज (बुधबार) उनीहरूले बालेनविरुद्ध रिट दर्ता गरेका हुन्। मुद्दाको सुनुवाइका लागि भोलि (बिहीबार) पेसी तोकिएको छ।
बिहीबार नै अन्तरिम आदेश जारी गर्न हल सञ्चालहरूले उच्च अदालतसँग माग गरेका छन्। बालेनले भारतीय फिल्म ‘आदिपुरुष’मा सीतालाई भारतको छोरी भनिएको भन्दै काठमाडौंको हलमा प्रदर्शन गर्न रोक लगाएका थिए। उक्त निर्णयले देशभरिका हलहरुमा प्रदर्शन रोकिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस