Like us!
Follow us!
Connect us!
Watch us!
डिजिटल बैंकिङ्गलाई थप सरल र सुरक्षित बनाउने अठोटका साथ

एनआईसीद्वारा आकर्षक फिचरसहित वेबसाइटको स्तरोन्नति

अर्थ संसार

शुक्रबार, ०१ असार २०८०, १२ : ०७ मा प्रकाशित

एनआईसीद्वारा आकर्षक फिचरसहित वेबसाइटको स्तरोन्नति

समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरुका साथ लाखौं ग्राहक महानुभावहरुलाई आधुनिक बैंकिङ्गको अभ्यास गरिरहेको एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने अठोटका साथ आफ्नो वेबसाइट https://www.nicasiabank.com/ लाई आकर्षक फिचरहरुसहित नयाँ डिजाइनमा स्तरोन्नति गरेको छ । बैंकले आफ्ना सेवा तथा सुविधाहरु थप ग्राहकमैत्री बनाउदै लैजाने उद्देश्य अनुरुप हाल सञ्चालनमा रहेकोे वेबसाइटलाई परिस्कृत एवं परिमार्जन गर्दै नयाँ डिजाइन सार्वजनिक गरेको हो ।

ग्राहक महानुभावहरुले खोजेको प्रोडक्ट, विवरण वा जानकारी आवाज (voice Command) द्वारा समेत सजिलैसँग खोज्न सकिने सुविधा यस वेबसाइटको प्रमुख विशेषता रहेको छ । साथै, ग्राहक महानुभावहरुले खोजेअनुसारको प्रोडक्ट र विवरणहरु उपलब्ध गराउन भनेर वेबसाइटमा राखिएको ‘कस्टुमर जर्नी म्यापिङ’ सिस्टमबाट ग्राहक महानुभावहरुले सहजै सर्च हिस्ट्री थाहा पाउन सक्नुहुनेछ ।

मोबाईल, कम्प्युटर, ल्यापटप, ट्याब जस्ता डिभाइसहरुमा फिट हुनेगरी डिजाइन गरिएको यस नयाँ वेबसाइटमा प्रयोगकर्ताहरुको डाटा सुरक्षालाई ध्यानमा राखेर विशेष सुरक्षा प्रणाली अपनाइएको छ । वेबसाइटमार्फत अनलाईन खाता, भिडियो केवाईसी अद्यावधिक, खातामा प्यान अद्यावधिक, अनलाईन डिम्याट, शेयर आवेदन, मर्चेन्ट आवेदन, ई–सर्भिसमार्फत विभिन्न भुक्तानीहरु गर्न मिल्ने सुविधाको साथमा बैंकका शाखा, एक्स्टेन्सन काउण्टर, एटिएमहरुको स्थान पत्ता लगाउन सकिने लगायत बैंक सम्बन्धी विविध जानकारी तथा सहयोगका लागि चौबीसै घण्टा च्याटबट सेवा समेत उपलब्ध छन् ।

यस बैंकको मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) एपमा रहेको Omnichannel प्रणालीमा उपलब्ध सेवाहरु जस्तै नगद जम्मा तथा चेक जम्मा आवेदन, नयाँ डेबिट तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्ने, चेक अनुरोध, ई–कमर्श सुचारु, स्कीम ट्रान्सफर, लकर सुविधा आवेदन लगायत दर्जनौ सेवाहरु वेबसाइटमार्फत उपभोग गर्न सकिनेछ । बैंकको नयाँ वेबसाइट सार्वजनिक भएसँगै डिजिटल प्रविधिको उच्चतम प्रयोग गरी ग्राहक महानुभावहरुलाई बैंकको बारेमा सम्पूर्ण जानकारी लिन र सेवा उपभोग गर्न अत्यन्त सहज र सरल हुने विश्वास बैंकले लिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको